• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ ।

सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी रहेको छ ।

आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा सहमति जुटाउने बताईएको छ ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालयमा अडान राखेपछि सहमति जुट्न सकेको थिएन ।