२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन



अ+ अ-

काठमाडौं । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो ।

संसारका विभिन्न आठ स्थानबाट सेवा प्रवाह गरिरहेको यो कम्पनीले बेलायत, भारत, पाकिस्तान, बंगलादेश र नेपालको सफल अनुभवपछि फिनल्याण्डबाट नर्डिक क्षेत्रमा पनि सेवा विस्तार गर्न लागिएको बताएको छ । डिजिटल दुनियाँप्रति फिनल्याण्डको आकर्षण जेनिसको उद्धेश्यसँग मिल्ने भएकाले हेलसिन्कीबाट सेवा विस्तार गर्दा ग्राहक बढ्ने र बजारसँग पहुँच पुग्ने आशा कम्पनीले राखेको छ । संसारैभरी व्यवसाय सञ्चालन र सेवा विस्तारको सञ्जाल बढाउने उद्धेश्य अन्तर्गत नै नर्डिक क्षेत्रमा सेवा बिस्तार गरिएको हो ।

जेनिस सोलुसनकी संस्थापक एवं ग्लोलब सीटीओ अञ्जनी फुयाँलले भने, ‘नर्डिक क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा र त्यहाँका संस्थाहरुलाई डिजिटल रुपान्तरण तर्फको हाम्रो विशिष्ट सुविधा उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं”।

‘जीएस नर्डिक ओय’ मार्फत् जेनिसले अमेजन वेब सर्भिस, गुगल, अलिबाबा क्लाउडजस्ता विश्वव्यापी क्लाउड सेवा प्रदायकहरुसँग मिलेर आफ्नो सेवा विश्वव्यापी बनाउने उद्धेश्य राखेको छ । यो सेवा विस्तारबाट नर्डिक क्षेत्रका उपभोक्ताले उच्च गुणस्तर र न्युन लागतको सफ्टवेयर डिभलपमेन्ट, क्लाउड माइग्रेसन्स, एसइओ, इमेल सेवा र इन्टरनेट सुरक्षा लगायतका सेवा पाउनेछन् । ‘जीएस नर्डिक ओय’को नेतृत्व लार्स नेभलइननले प्रमुख कार्यकारी अधिकृत (सीइओ) र लउरा कर्पानेनले प्रमुख बजार अधिकारी (चिफ मार्केटिङ अफिसर) को रुपमा गर्ने छन् ।

लार्सले वित्तीय प्रविधिका विज्ञका रुपमा १६ वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन् । फिनल्याण्डका दुवै स्टार्टअप समुदाय र कर्पोरेसनहरुलाई इन्टिलिजेन्ट फिनेन्सियल र डेटा अनलिटिक्स मोडल्स अपनाउँदै डिजिटल रुपान्तरण गर्न सघाएको अनुभव छ उनीसँग । त्यस्तै लउराले बजार र सञ्चार क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव हासिल गरेकी छन् । उनले कुशल नेतृत्वको रेकर्ड राखेकी छन् ।

विश्वव्यापी रहेको क्षमतावान नेतृत्व र निपुण टिममार्फत् जेनिस नोर्डिकले नोर्डिक क्षेत्रमा डिजिटल क्षेत्रको व्यापक वृद्धिका लागि ठूलो योगदान गर्नेछ । ‘सीइओको रुपमा जेनिससँग यो महङ्खवपूर्ण कार्यमा जोडिन पाउँदा म साँच्चिकै एकदमै उत्साहित छु । हाम्रो क्षमता र सेवामार्फत् नर्डिक क्षेत्रको बजारमा ठूलो आमूल वृद्धि गर्न सक्नेछौं भन्नेमा हामी विश्वस्त छौं’, लार्स नेभलइननले भने ।