१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी आयोजना



अ+ अ-

काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनीको संयुक्त रुपमा आयोजना गरेको छ ।

प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तवले गर्नुभयो।

प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने गरी दुई देशका विभिन्न स्मारक सम्बन्धि तयार पारेका ३८ वटा कलाकृति राखिएका छन् ।

 

सो कला प्रदर्शनी तारागाँउ संग्रहालयमा २०७९ चैत्र १४ देखि १९ गतेसम्म चल्नेछ । सिजी उन्नति सांस्कृतिक भिलेज र ब्ध्इल् को सहयोगमा सो प्रदर्शनीको आयोजना भएको हो ।