काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताहरु आगामी महाधिवेशनमा एउटै टिम बनाएर अघि बढ्नुपर्नेतर्फ जोड दिएका छन् । शुक्रबार भएको छलफलपछि उनीहरूले पार्टी कार्यकर्ताको यही चाहना रहेको बताउँदै एउटै टिम बनाएर अघि बढ्नुपर्ने संकेत गरेका हुन् ।
डा. शशांक कोइराला निवास महाराजगञ्जमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री कोइराला छलफलमा जुटेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले आफूहरुबीच भइरहेको समन्वयलाई देशभरका कार्यकर्ताले राम्रो प्रतिक्रिया दिएको र उक्त पहलको स्वागत गरेको बताए ।
पूर्वउपसभापति सिंहले एउटै टिम बनाएर जानुमा त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।