२२ असार २०८३, सोमबार
,
Latest
विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै टिम बनाएर अघि बढ्न कांग्रेसका दोस्रो पुस्ताका तीन नेता तयार



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताहरु आगामी महाधिवेशनमा एउटै टिम बनाएर अघि बढ्नुपर्नेतर्फ जोड दिएका छन् । शुक्रबार भएको छलफलपछि उनीहरूले पार्टी कार्यकर्ताको यही चाहना रहेको बताउँदै एउटै टिम बनाएर अघि बढ्नुपर्ने संकेत गरेका हुन् । 

डा. शशांक कोइराला निवास महाराजगञ्जमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री कोइराला छलफलमा जुटेका हुन् । 

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले आफूहरुबीच भइरहेको समन्वयलाई देशभरका कार्यकर्ताले राम्रो प्रतिक्रिया दिएको र उक्त पहलको स्वागत गरेको बताए । 

पूर्वउपसभापति सिंहले एउटै टिम बनाएर जानुमा त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।