२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै टिम बनाएर अघि बढ्न कांग्रेसका दोस्रो पुस्ताका तीन नेता तयार



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताहरु आगामी महाधिवेशनमा एउटै टिम बनाएर अघि बढ्नुपर्नेतर्फ जोड दिएका छन् । शुक्रबार भएको छलफलपछि उनीहरूले पार्टी कार्यकर्ताको यही चाहना रहेको बताउँदै एउटै टिम बनाएर अघि बढ्नुपर्ने संकेत गरेका हुन् । 

डा. शशांक कोइराला निवास महाराजगञ्जमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री कोइराला छलफलमा जुटेका हुन् । 

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले आफूहरुबीच भइरहेको समन्वयलाई देशभरका कार्यकर्ताले राम्रो प्रतिक्रिया दिएको र उक्त पहलको स्वागत गरेको बताए । 

पूर्वउपसभापति सिंहले एउटै टिम बनाएर जानुमा त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।