• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक ★   सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला ★   महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन ★   वन्यजन्तु सप्ताह: सामुदायिक वनमा चरा अवलोकन ★   इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो ★   चैते दसैं सम्झाउने बागलुङतिरको यो गीत ★   छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी ★   समिति सभापतिसहित सांसदहरुमा समयमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित ★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ



सांकेतिक तस्बिर

काठमाडौँ । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो । अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए ।

श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।