२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुन्चेको सभाहलमा राजनीति नगर्न सांसद आचार्यको आग्रह



अ+ अ-

धुन्चे । रसुवाको सदरमुकाम धुन्चेस्थित सभाहलका विषयमा अनावश्यक राजनीति नगर्न सांसद मोहन आचार्यले आग्रह गर्नु भएको छ । उहाँले सभाहलका विषयमा आफूविरुद्ध सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ । 

जिल्लामा आचार्यको नेतृत्वमा भएका कामलाई सकारात्मक रुपमा लिनुको साटो भ्रम छर्ने र बदनाम गराउने दुरासयबाट टिकाटिप्पणी भएको स्पष्ट गर्दै नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित हुनुभन्दा अगाडि जनतासामु आफूले गरेका वचन सरकार मार्फत तथा व्यक्तिगत लगानी मै भएपनि क्रमागत रुपमा पुरा गर्दै गएको आचार्यको भनाई छ ।  

सांसद आचार्यले जिल्लामा कृषि सडक निर्माणका लागि निजी लगानीमा १ करोड बराबरको स्काभेटर र जेसिभी समेत प्रदान गर्नु भएको छ । बृहत खानेपानी योजना, शैक्षिक क्षेत्रमा सुधार, सिचाई सडक निर्माण र कृषि क्षेत्रमा समेत आचार्यले रचनात्मक काम गर्नु भएको छ ।  

यससँगै कोभिड १९ को संक्रमणको पहिलो चरणको समयमा काठमाण्डौ उपत्यकामा बस्ने रसुवाबासीहरुलाई आफ्नो घरसम्म पुर्याउन यातायातको व्यवस्था, कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिलाई लाखौं रुपैयाँको स्वास्थ्य सामग्री प्रदान तथा सोहि समयमा लकडाउनका कारण मजदुरी गरेर खानेहरुको अवस्थालाई हेरि काठमाण्डौमा बस्ने ११ सय ३५ जना र रसुवाका ५ सय जनालाई राहत सामग्री समेत व्यक्तिगत रुपमा उपलब्ध गराएको आचार्यले बताउनु भएको छ । यसैगरि उहाँले जिल्ला अग्रपंक्तिमा काम गर्ने करिब ६ सय जनालाई कोरोना बिमा समेत व्यक्तिगत रुपमै गराउनु भएको थियो ।  

सभाहलको डिपिआर सकियो 

धुन्चे सभाहल निर्माणका लागि डिपिआर गर्न नपुग्ने रकम भन्दै भ्रामक विषय फैलाएको बिषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आचार्यले यसअघि नै डिपिआरको काम सकिएको जानकारी दिनुभएको छ । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणले यो समयसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा आफैले रोक्ने जाने र डिपिआर समेत नभएको भन्ने जस्ता कुराहरु आउँदा रसुवाका नागरिकहरुलाई भ्रामक प्रचारको पछि नलाग्न उहाँले अनुरोध गर्नुभयो । 

उहाँले आफू विकासको पक्षधर भएको र नागरिकका  हरेक समस्यालाई सरकारी स्तरबाट होस् या व्यक्तिगत रुपमा होस् समाधान गर्न तत्पर रहेको बताउनु भएको छ ।