२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राति आकाशमा ५ ग्रह एकैसाथ देखिने



अ+ अ-

एजेन्सी । आज मंगलबार राति आकाशमा ५ ग्रह एकैसाथ देखिने भएका छन् । मंगल, बुध, बृहस्पति, शुक्र र वरुण राति ७ः४५ बजेदेखि चन्द्रमाको नजिक देखिनेछन् ।

नासाका खगोलविद् बिल कुकका अनुसार यी ग्रहहरू सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिनेछ । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।

यी पाँच ग्रहलाई संसारको जुनसुकै ठाउँबाट पनि देख्न सकिने कुक बताउँछन् । केवल आकाश सफा हुनुपर्छ र पश्चिम दृश्य देखिनु पर्छ । बृहस्पति, शुक्र र मंगल ग्रह हेर्न सहज हुने उनको भनाइ छ । शुक्र धेरै चम्किलो छ । जबकि मंगल ग्रह चन्द्रमाको नजिक देखिनेछ र यसमा रातो चमक हुनेछ । तर, बुध र बृहस्पति सूर्यास्तको आधा घण्टा पछि देखिन बन्द हुन सक्छ ।

बुध र वरुणको चमक हल्का छ, त्यसैले तिनीहरूलाई हेर्न गाह्रो हुन सक्छ । तिनीहरूलाई हेर्नको लागि दूरबीन पनि आवश्यक हुन सक्छ । वरुण सामान्यतया कम देखिन्छ । यसको स्थान शुक्र माथि छ । यसमा हरियो चमक हुन्छ ।