२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षबाटै फुटबल हेर्नुको मज्जा !



अ+ अ-

एजेन्सी । अन्तरिक्ष यात्री थोमस पेस्वेटले अन्तरिक्ष यानमा बसेर फुटबल हेरेका छन् । उनले आफ्नो फेसबुकमा पोर्चुगल र फ्रान्सबीचको फुटबल हेरेको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । 

उनले फेसबुकमा फोटो हाल्दै पृथ्वी र अन्तरिक्षबाट फुटबल हुर्नुमा एउटामात्र फरक छ भन्दै, ‘हामी यहाँबाट छिमेकीको उत्साह र हल्ला सुन्न सक्दैनौं ।’ लेखेका छन् ।

सन् १९७८ मा जन्मेका थोमस पेस्वेट फ्रान्सेली नागरिक हुन् । उनी २०१६ नोभेम्बरमा पहिलो पटक ६ महिनाको लागि अन्तरिक्षामा गएका थिए । उनले १९७ दिन अन्तरिक्षमा बसेर सन् २०१७ जुन २ मा पृथ्वीमा फर्केका थिए । 

अहिले उनी दोस्रो पटक सन् २०२१ मा अन्तरिक्षमा गएका हुन् । उनी फ्रान्सको एरोनटिक एण्ड एस्ट्रोनटिक एसोसियसन र अमेरिकन इस्टिच्युट अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक (एआईएएए)को सदस्य समेत हुन् ।