२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षबाटै फुटबल हेर्नुको मज्जा !



अ+ अ-

एजेन्सी । अन्तरिक्ष यात्री थोमस पेस्वेटले अन्तरिक्ष यानमा बसेर फुटबल हेरेका छन् । उनले आफ्नो फेसबुकमा पोर्चुगल र फ्रान्सबीचको फुटबल हेरेको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । 

उनले फेसबुकमा फोटो हाल्दै पृथ्वी र अन्तरिक्षबाट फुटबल हुर्नुमा एउटामात्र फरक छ भन्दै, ‘हामी यहाँबाट छिमेकीको उत्साह र हल्ला सुन्न सक्दैनौं ।’ लेखेका छन् ।

सन् १९७८ मा जन्मेका थोमस पेस्वेट फ्रान्सेली नागरिक हुन् । उनी २०१६ नोभेम्बरमा पहिलो पटक ६ महिनाको लागि अन्तरिक्षामा गएका थिए । उनले १९७ दिन अन्तरिक्षमा बसेर सन् २०१७ जुन २ मा पृथ्वीमा फर्केका थिए । 

अहिले उनी दोस्रो पटक सन् २०२१ मा अन्तरिक्षमा गएका हुन् । उनी फ्रान्सको एरोनटिक एण्ड एस्ट्रोनटिक एसोसियसन र अमेरिकन इस्टिच्युट अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक (एआईएएए)को सदस्य समेत हुन् ।