२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २४७६ जनामा कोरोना संक्रमण, २७ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५४५५ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या २७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५८६ जनाको पिसिआर र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरी १४ हजार ३५१ परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ३१ हजार १५२ जनामा र एन्टिजेन परीक्षणबाट ३० हजार ६८९ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ७६ हजार ४१३ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ९४५ जनाको मृत्यु भएको छ ।