२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा ग्रेन्डर मेशिनमा परि एक जनाको मृत्यु



अ+ अ-

विराटनगर । मोरङमा ग्रेन्डर मेशिनमा परि एक जनाले ज्यान गुमाएका छन् । 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१० अमर टोल बस्ने ३२ वर्षीय बिपिन बिश्वकर्मा रहेका छन् । 

उनको सोही ठाउँको शान्ति ग्रिल उघोगमा ग्रीन्डर मेशिनमा परेर शुक्रवार बिहान मृत्यु भएको हो।

काम गर्ने क्रममा अचानक लडेर उक्त मिशिनले काट्दा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।