१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

सुगन्धकोकिलाको उत्पादन घट्यो

सुगन्धकोकिलाको उत्पादन घट्यो
अ अ+ अ-

तुलसीपुर । विश्वमै लोपन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरी०को उत्पादन यसवर्ष  घटेको छ । दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको वर्षाका कारण उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँचसय  क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा यसवर्ष २५० क्वीन्टल पनि मुस्किलले उत्पादन भएको स्थानीयवासी  प्रवीर पुनले बताउनुभयो ।

“विगतका वर्ष पाँचसय क्वीन्टल उत्पादन हुने गथ्र्यो”, उहाँले भन्नुभयो,“तर, गएको वर्ष चैततिरको असिना सहितको बर्षाले  फूल झारिदिएपछि उत्पादन आधाभन्दा कम मात्रै भएको छ ।” विश्वमै लोपोन्मुख  मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ । त्यसले नै त्यहाँको जीवनस्तरमाथि  उठाउने गरेको हो । सुगन्धकोकिला प्रतिकिलो रु पाँचसयमा बिक्री हुँदै आएको छ । “हामीले रु पाँचसयमा सुगन्धकोकिला बिक्री गर्ने गर्छौ तर यहाँबाट लिएर साहूले रु छ सय प्रतिकिलोमा बाहिर पठाउँछन्।”, कृषक पुनले भन्नुभयो । घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने  गरिन्छ । 

 सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ। यहाँबाट कच्चा सुगन्धकोकिला  लगेपछि  के–के बन्छ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताउनुभयो । “यहाँबाट हामीले कच्चापदार्थ  बेच्छौं,  त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग  हुन्छ, भन्ने सुनिएको छ”,उहाँले भन्नुभयो,“तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी नै छैन ।” 

एउटा रुखले दुईसय  किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । एउटै  रुखबाट रु ४० हजारदेखि त्योभन्दा बढी आम्दानी लिन सकिने कृषक रेउलेले बताउनुभयो । छिल्लीकोटका दश  गाउँका १३५ घरले  नै सुगन्धकोकिलाबाट आम्दानी लिने गरेका छन् । प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रुख  छन् भने सामुदायिक बनमा पनि उक्त रुख रहेको छ । 

सामुदायिक वनमा रहेको सुगन्धकोकिलालाई  गाउँलेले सामूहिक  आम्दानी लिने गरेको कृषक  प्रवीर पुनले बताउनुभयो । कहिलेकाहीँ,  त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले  बजार नपाउने पनि समस्या  भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ । लोपन्मुखअवस्थामा रहेको सुगन्धकोकिलालाई संरक्षण गर्न  पनि राज्यले ध्यान  दिन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, “पहिले–पहिलेका रुख पनि सुक्दै जान थालिसकेका  छन्, हामीले संरक्षणका लागि केही बिरुवा त  रोपेका छौैँ यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको  स्रोत पनि बढ्ने र रुख पनि संरक्षण हुने थिए ।”

पहिल्लो समय वन कार्यालयले त्यहाँ केही रुख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको पुनको भनाइ  थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनका साथै यसको पातबाट तेलसमेत  निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमासमेत  रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी  पूर्ण पुनले बताउनुभयो ।

सुगन्धकोकिला समुद्र सतहदेखि १५ मिटरको दूरीमा  हिमालको हावा बहने  जङ्गलमा फष्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उहाँको भनाइ थियो । अहिले जङ्गलमा रहेका नयाँ रुखलाई जोगाउने कार्यमा आफूहरु सक्रिय रहेको स्थानीयवासीको भनाइ थियो । सुगन्धकोकिला संरक्षण तथा बजारीकरणका लागि पहल थाल्ने वडाध्यक्ष रामबहादुर योगीले बताउनुभयो । “यहाँका क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत मल्लागिरी नै हो”,उहाँले भन्नुभयो, “यसलाई  संरक्षण र उत्पादित  मल्लागिरीलाई बजारीकरणका लागि पहल गरिरहेका छौं ।” (रासस, दीपक बोहरा)