२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि अनुशासनको खाँचो हुन्छ : कृष्णगोपाल श्रेष्ठ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउनेगरी कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउनेगरी पुरा गर्न निर्देशन दिनुभएको हो । 

उहाँले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिनुभयो । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उहाँले अनुशासनको परिपालना गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले हाम्रो संस्थालाई विकासमा लानको लागि त्यहाँ अनुशासनको खाँचो हुन्छ । हरेक पदको आ–आफ्नो अनुशासनको परिभाषित ड्युटी हुन्छ । त्यो ड्युटीमा आ–आफ्नो परिभाषित काम, आ–आफ्नो जिम्मेवारीलाई कुनैखालको विलम्ब नहुनेगरी कहीँकतै, कुनै गुनासो नआउने गरेर सेवाग्राहीलाई सेवा गर्ने सेवाग्राहीसँग सम्पर्कमा रहने राष्ट्रसेवकको बढी जिम्मेवारी हुन्छ ।’

मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई सही काम गर्नका लागि नआत्तिन र नडराउन निर्देशन पनि गर्नुभयो । उहाँले विदेशमा रहेका श्रमिकहरुको अप्ठ्यारोमा सहजीकरण गर्नुपर्ने पनि बताउनुभयो । कुनैपनि आग्रह, पूर्वाग्रह नराखिकन एउटै परिवारको रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पनि कार्यभार सम्हाल्नुभएको छ । यससँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीको जिम्मेवारीपनि उहाँसँगै छ ।