२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन: मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु, हताहत हुनेमा अधिकांश बालबालिका



अ+ अ-

एजेन्सी । चीनको एउटा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको र १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। हताहत हुने अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ।

उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए। शुक्रवार बिहानै आगलागी भएको र हाल नियन्त्रणमा लिइसकिएको स्थानीय निकायहरूले जनाएका छन्।

घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन। झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ गरिएको जनाइएको।

सरकारी अधिकारीहरूले बीइङ्ग टोउटीआओ न्यूजलाई बताए अनुसार शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए। घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो।

रोयटर्स समाचार संस्थाले कुराकानी गरेको अभिभावकहरूले उनीहरूलाई आफ्ना बच्चाबारे कुनै जानकारी नदिइएको र बच्चालाई हेर्न पनि नदिइएको बताएका छन्।