६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे

जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे
अ+ अ-

बलेवा । तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार-पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे ।

भरिया खोज्ने, भारी बनाउने, बाटोमा खाने बस्ने व्यवस्था गर्दा उनलाई महिना दिन लाग्थ्यो । बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैते दसैँ मेलामा उनले बुनेका चोयाका सामग्रीको खुब खोजी हुन्थ्यो । भारीसहित आएका उनलाई भेट्न व्यापारी बजारभन्दा पाँच/सात किलोमिटर पश्चिम काठेखोला नै पुग्थे । आधाउधी डाला/नाङ्ला त बाटैमा बिक्थे । मेलामा पुर्याउन नपाउँदै उनको व्यापार सकिन्थ्यो । “उ बेला बाटोमै पुगेका व्यापारीलाई डाला/नाङ्ला दिएर नाम्लो फुकाए पुग्थ्यो”, बुढाथोकीले पुराना दिन सम्झिँदै भन्छन्, “मेलामा लुछाचुँडी हुन्थ्यो, निगालोका डाला/नाङ्लाले पनि राम्रै मूल्य पाउँथ्यो ।”

वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पुर्याउँथे मेलाबाट । “तीन भाइ छोरा र एक छोरीको लालनपालन गर्ने खर्च पुर्याएर केही बचाउँथे र पो चैते दसैँ आएजस्तो लाग्थ्यो”, उनी भन्छन् । उनी जस्तै आफ्नै श्रमले गुजारा गर्ने गाउँमा धेरै थिए । व्यापार गर्ने थलो थियो चैते दसैँ मेला ।

बुढाथोकी चैते दसैँ मेलामा डाला/नाङ्ला बोकेर आउन छोडेका भने छैनन् । पहिलेको जस्तो चोयाका सामग्रीको खोजी मेलामा हुँदैन । पहिलेको जस्तो मूल्य पनि पाइँदैन । छैसठ्ठी वर्षको उमेरमा पनि उनले वर्षभरि निगालोसँग कुस्ती खेल्दै जीवन चलाएका छन् ।

अहिले पहिले जस्तो मेलामा आउँदा उनलाई भरिया खोज्नु पर्दैन । दैलोबाटै सवारीमा डाला/नाङ्ला चढाएर मेलामा आउँदा सुविधा त भएको छ तर परिश्रमको मूल्य उठ्दैन् । “घरबाट यहाँसम्म आउँदा सामानको एक हजार, मान्छेको एक जनाको एक हजार तीन सय, बजारमा खानबस्न लाग्ने खर्चको कुरै नगरौँ”, बुढाथोकी भन्छन्, “हस्तकलाको सम्मान हुन छोड्यो, प्लाष्टिकका सामग्रीले हामीलाई चौपट बनायो ।” व्यापार राम्रो नभए पनि परम्परा धान्नकै लागि उनी मेलामा आउने गर्छन् ।

बुढाथोकीसँगै जलजलाका केही युवाले पनि मेलामा डाला/नाङ्ला ल्याएका छन् । तर, उनीहरू पनि सन्तुष्ट छैनन् । तीस वर्ष पहिले ३० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री हुने डाला/नाङ्लालाई अहिले रु चार सयदेखि एक हजार पर्छ । परिश्रमको मूल्य भने नउठ्ने जलजलाका डाला/नाङ्ला व्यवसायी खगेन्द्र विक बताउँछन् । “विदेशमा दुःख गर्नुभन्दा हस्तकलाको उपयोग गरौँ भन्ने लाग्छ, मूल्य नपाउँदा पलायन हुन मन लाग्ने”, विकले भने, “न हाम्रो सीपको कतैबाट संरक्षण छ, न बनेका बस्तुको बजार ।” यसपटकको चैते दसैँ मेलाका लागि बागलुङ कालिका मन्दिर परिसर आइपुगेका उनीहरू मेलास्थलको एक छेउमा बसेका छन् ।

खुल्ला आकाशमुनि डाला/नाङ्ला लिएर बस्नुभएका उनीहरूले छाप्रो पाएनन् । “बिक्री होला–नहोला डाला/नाङ्लामा सीपको प्रदर्शन गरेर भए पनि जान्छौँ तर हाम्रो जिल्लामा अन्यत्र जस्तो सम्मान छैन”, विक भन्छन् ।

डाला/नाङ्लाको मात्रै होइन चैते दसैँ मेलाको विषेशतामा पर्ने स्थानीय उत्पादन ठेकाको व्यवसाय पनि चौपट छ । मेलास्थलमै रहेका बागलुङको बलेवाका टीका चुँदारा पुराना दिन सम्झनै चाहन्नन् । अमलाचौरका चुँदारा समुदायको मुख्य पेशा ठेका बनाउने कामबाट सीप भएका पनि पलायन हुने अवस्था आएको उनी बताउँछन् । “विसं २०५२ देखि चैते दसैँमा ठेका लिएर बस्दै आएको छु, तर पहिले जस्तो ठेकाको व्यापार छैन”, चुँदारा भन्छन्, “मेरै अघि प्लास्टिक र स्टिलका ठेका हल्लाउँदै जान्छन्, सस्तो उतै पर्छ ।”

राज्यका निकायले स्थानीय सीप र साधनको प्रयोगमा ध्यान नदिएको गुनासो उनले गरे । चुँदाराले रु एक हजारदेखि १८ हजारसम्मका दरका ठेका बिक्रीका लागि राखेका छन् । मेलामा फलामका भाँडा, नेपाली कागजलगायतका स्थानीय उत्पादनको कम खोजी हुन थालेको व्यवसायी बताउँछन् ।

यो वर्षको मेला आयोजना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनेको छ । पहिले जस्तो मेलामा स्थानीय उत्पादन आउनै छाडेका छन् । रासस