२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई भत्ता

बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई भत्ता
अ अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । 

छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक रु २ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । 
गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । 

यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट रु पाँच हजार दिने व्यवस्था गरिएको हो । चाडपर्वमा ज्येष्ठ नागरिकले अरूको मुख ताक्न नपरोस भनेर यस्तो व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुुर रानाले जानकारी दिनुभयो  ।

गाउँपालिकाको बजेट रु. ३९ करोड
गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु। ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ । 
गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाद्वारा प्रस्तुत तथा छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा १५ शय्याको बौदीकाली आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ

कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिदैं रोजगारीका अवसर सिर्जना, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटन प्रवद्र्धन, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा नीति तथा  कार्यक्रम केन्द्रीत रहेको अध्यक्ष रानाले बताउनुभयो ।