
काठमाडौं । प्रतिनिधि सभाको भोलि (बुधवार) बस्ने बैठकमा पनि अमेरिकी सहयोग सम्झौता (एमसीसी)लाई कार्यसुचीमा समावेश गरिएको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि यद्यपि, कार्यसूचीमा एमसीसी समावेश छैन ।
भोलिका लागि प्रकाशन भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
यसैबीच, सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने बुझिएको छ।