२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

आज असार १२ गते, निकै राम्रो छ यी राशिको भाग्य

आज असार १२ गते, निकै राम्रो छ यी राशिको भाग्य
अ अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामको अवसर फेला पर्नेछ। तर, केही विवादास्पद कामको जिम्मेवारी लिनुपर्ने देखिन्छ। ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजोर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। नियमित कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ। बोलीका भरमा चिताएको काम बन्न सक्छ। साथीभाइ तथा सहयोगीहरूको साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ। दिउँसोदेखि भने प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ काम थालनी गर्न बिहानीको समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइको साथ पाइनाले सोचेको लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। प्रयत्न गर्दा काम भने बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।