९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै



अ+ अ-

काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।

२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९ सय ४५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार लक्षण देखिएर परीक्षण गराउनेको संख्यामा कमी आएको छ ।

यसैबीच, २२ असारदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो मात्रा खोप लगाएका नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइनेछ । ३ लाख ७० हजार जेष्ठ नागरिकले भेरोसिलको पहिलो मात्रा लगाएका थिए ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउनेछन् ।

संक्रमण रोकथामका लागि खोप प्रभावकारी मानिए पनि स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम कायम नै रहेको भन्दै भौतिक दूरी कायम, व्यक्तिगत सरसफाइ र मास्कको समुचित प्रयोगमा ध्यान दिन आमसर्वसाधारणलाई अनुरोध गरेको छ ।

पहिलो प्राथमिकता कोरोनाविरुद्ध खोप: मन्त्री श्रेष्ठ
यस्तै, स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी पाएका कृष्णगोपाल श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्ध खोप रहेको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘नेपाली जनताको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्नु सरकारको अहिलेको मुख्य कार्यभार हो । स्वास्थ्य मन्त्रालयको टिम एकजुट भएर लाग्नेछ र सबै नागरिकलाई भ्याक्सिन लगाई सुरक्षित पारिनेछ ।’, समाचार राजधानी दैनिकमा प्रकाशित छ । 




भर्खरै