९ भाद्र २०८३, मंगलवार
,
Latest
आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरलाई २० मिटर लामो पुल



अ+ अ-

चितवन । सुन्दा अचम्म लाग्छ। बाँदरलाई पनि पुल ! तर यो सत्य हो। संरक्षित क्षेत्रमा सवारी दुर्घटनाबाट जोगाउन त्यस्ता वन्यजन्तुका लागि पुल बनाइएको छ।

संरक्षित क्षेत्रमा सवारीको ठक्करबाट थुप्रै वन्यजन्तु मारिने गर्छन्। सवारीको चाप बढी हुने स्थानमा मुख्य गरेर साना वन्यजन्तु दुर्घटनाको सिकार हुने गरेका छन्। वन्यजन्तुलाई मारिनबाट जोगाउन जिल्लामै पहिलोपटक बरण्डाभार क्षेत्रमा पुल बनाइएको हो। 

सुरुवातमा चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत पर्वत श्रृंखला जोड्ने बरण्डाभार जैविक मार्गमा यो पुल राखिएको छ। जुट र नाइलनको डोरीलाई बुनेर जाली जस्तो बनाइएको छ। त्यसमा काठ बाँधेर भर्‍याङ जस्तो पुल बनाइन्छ। सडकको दायाँ–बायाँ रुखमा डोरी टाँगेर करिब १५ देखि २० मिटरसम्मको लम्बाइको पुल बनाएको छ। यसलाई ‘क्यानोपीब्रिज’ भनिन्छ। एक पटकमा २० वटासम्म बाँदर हिँड्न मिल्ने गरी यसलाई पुल जस्तै बनाइएको छ। 

रुखमा चढ्ने जंगली जनावर बाँदर, लोखर्के, न्याउरी मुसा र घस्रने जीवजन्तुलगायत रुखको हाँगामा बस्ने प्रजातिहरूका लागि पुल बनाइएको हो। यसले गर्दा सडकमा सवारी गुडिरहेका बेला वन्यजन्तुले सहज पार गर्न पाउँछन्। 

चितवनमा प्रयोगका रूपमा छवटा यस्ता पुल राखिएका छन्। यो सफल भए अन्य स्थानमा पनि बनाउँदै जाने तराई भू–परिधि कार्यक्रम ९ताल०का फिल्ड प्रोग्राम एसोसिएट प्रेम पौडेलले बताए। ‘बाँदर लगायतका साना वन्यजन्तु बढी मारिन थालेपछि आकासेपुलको अवधारणलाई प्रयोगमा ल्याएका हौं’, पौडेलले भने, ‘माथिबाटै ओहोरदोहोर गर्न सहज होला भनेर परीक्षणका रूपमा गरिएको हो। यो सफल भए अन्यत्र पनि गर्ने योजना छ।’

डिभिजन वन कार्यालय भरतपुर र तराई भू–परिधि कार्यक्रमको समन्वयमा पुल बनाइएको हो। ठूला मालवाहक सवारीले नभेट्ने उचाइमा पुल राखिएको छ। बाँदरले बढी ओहोरदोहोर गर्ने दुई स्थानमा ६ वटा पुल राखिएको छ। भोजाडबाट पदमपुर जाने सडक खण्डको चार स्थानमा पुल राखिएको छ। त्यस्तै, आँपटारीदेखि देवघाटतर्फ दुईवटा पुल बनाइएको छ। पुल सञ्चालनले साना वन्यजन्तुको दुर्घटनामा कमी आउने डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालले बताए। ‘मुख्य गरेर हुलमा हिँड्ने बाँदरहरू बढी दुर्घटनामा परेको पाइयो। बाँकेमा सफल भएको पाइएपछि हामीले यहाँ पनि बाँदर बढी भएको क्षेत्रमा राखेका छौं’, उनले भने, ‘पुलको प्रयोगले दुर्घटना कमी होला भन्ने आशा गरेका छौं।’ बाँदरलाई बढी लक्षित गरेर पुल बनाइएको हो।

नेपालमा पहिलो पटक बाँके राष्ट्रिय निकुञ्जले यस्तो पुल प्रयोगमा ल्याएको थियो। त्यहाँ सफल भएपछि चितवनमा पनि प्रयोग थालिएको हो।, समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ । 




भर्खरै