४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शफिकको खराब रेकर्ड– बने लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी



अ+ अ-

काठमाडौँ । पाकिस्तानका ब्याटर अब्दुल्लाह शफिक टि–२० आईमा लगातार चार पटक डक आउट हुने पहिलो खेलाडी बनेका छन् । आइतबार अफगानिस्तानविरुद्धको खेलमा शफिक डक आउट भएका थिए ।

आइतबार शाहजाहमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले शफिकलाई पहिलो ओभरको तेस्रो बलमै गुमाएको थियो । उनी अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए । यो सँगै उनी लगातार चार खेलमा डक आउट भएका हुन् ।

टि–२० आई अन्तर्गतको पछिल्लो पाँच खेलमा उनले चार खेलमा खाता खोल्न सकेन्न । पहिलो खेलमा शफिक ४१ रनमा अविजित रहेका थिए । त्यसपछि न्युजिल्यान्डसँगको दुबै खेल र अफगानिस्तानसँगको पहिलो र दोस्रोमा गरि लगातार चार खेलमा डक आउट भए ।

यससँगै टि–२० आईमा चार पटक डक आउट हुने शफिक पहिलो खेलाडी हुन् । शफिकले टेस्टमा भने सानदार प्रदर्शन गरेका छन् । उनले १२ टेस्ट खेलमा ३ शतक र ४ अर्धशतकसहित ९ सय ९२ रन बनाएका छन् ।

पाकिस्तानले अफगानिस्तानविरुद्धको सिरीजअन्तर्गत भएको दुबै खेलमा खराब ब्याटिङका साथ ६ र ७ विकेटले पराजित हुँदै सिरिज गुमाएको छ । तेस्रो तथा अन्तिम खेल आज राती हुनेछ ।