३ भाद्र २०८३, बुधबार
,
Latest
५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शफिकको खराब रेकर्ड– बने लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी



अ+ अ-

काठमाडौँ । पाकिस्तानका ब्याटर अब्दुल्लाह शफिक टि–२० आईमा लगातार चार पटक डक आउट हुने पहिलो खेलाडी बनेका छन् । आइतबार अफगानिस्तानविरुद्धको खेलमा शफिक डक आउट भएका थिए ।

आइतबार शाहजाहमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले शफिकलाई पहिलो ओभरको तेस्रो बलमै गुमाएको थियो । उनी अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए । यो सँगै उनी लगातार चार खेलमा डक आउट भएका हुन् ।

टि–२० आई अन्तर्गतको पछिल्लो पाँच खेलमा उनले चार खेलमा खाता खोल्न सकेन्न । पहिलो खेलमा शफिक ४१ रनमा अविजित रहेका थिए । त्यसपछि न्युजिल्यान्डसँगको दुबै खेल र अफगानिस्तानसँगको पहिलो र दोस्रोमा गरि लगातार चार खेलमा डक आउट भए ।

यससँगै टि–२० आईमा चार पटक डक आउट हुने शफिक पहिलो खेलाडी हुन् । शफिकले टेस्टमा भने सानदार प्रदर्शन गरेका छन् । उनले १२ टेस्ट खेलमा ३ शतक र ४ अर्धशतकसहित ९ सय ९२ रन बनाएका छन् ।

पाकिस्तानले अफगानिस्तानविरुद्धको सिरीजअन्तर्गत भएको दुबै खेलमा खराब ब्याटिङका साथ ६ र ७ विकेटले पराजित हुँदै सिरिज गुमाएको छ । तेस्रो तथा अन्तिम खेल आज राती हुनेछ ।