९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोठा खोज्दै मेलम्चीबासी



अ+ अ-

काठमाडौं । यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,ु मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्छन्।

असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बसेका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थालेका छन्।

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बस्नुभएका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थालेका हुन् । 

आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन् । केही दिनअघिसम्म मासिक हजारौँ रुपियाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

त्यहाँको सबैभन्दा ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका–१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए । 'अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘कोल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,' अध्यक्ष खड्का थप्छन्, “एक महिना अघिसम्म हजारौँ रुपियाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।”

सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताए । उनी व्यावसायिक रूपमा पशुपालन गरेर बसेकाले त्यसका लागि उपयुक्त ठाउँ र टहरो बनाउन सकिने ठाउँ खोजिरहेका छन् । उनको गोठबाट चारवटा भैँसी र पाठापाठीको उद्धार गरिए पनि भाँडाकुँडा सबै बाढीले बगाएको छ ।

मेलम्ची नगरपालिकाभित्रकै बहुमूल्य घरजग्गा बगाएपछि वडाका ३५ परिवार घरविहीन भएको वडा नं ६ का अध्यक्ष जितराज थापाले बताए । दुई साताअघिसम्म अरूलाई डेरामा राख्ने मान्छेहरू अहिले आफैँ डेरा खोज्न थालेको थापाले बताए । मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीको सबैभन्दा धेरै चपेटामा परेको मेलम्ची नगरपालिका–११ का स्थानीयवासी डेराको खोजी गर्दै छन्।

कति दिन स्कुलमा बसेर गुजारा चलाउने भन्दै उनीहरू डेरा खोज्न थालेको वडाअध्यक्ष रुद्र दुलाल भन्छन्। उनको वडामा पक्की र कच्ची अवस्थामा रहेका १५० घर पूर्ण रूपमा क्षति भएकाले अधिकांश डेराको खोजीमा लागेको बताए ।

'अन्यत्रबाट आएर व्यवसाय गर्नेहरू आफ्नो ठाउँमा फर्कनुभएको छ, यहाँकै स्थानीयवासी भने डेरा खोज्न भौँतारिनुभएको छ,' दुलालले भने ।

मेलम्ची नगरपालिकाभित्र घरविहीन भएको र बाढीको उच्च जोखिममा रहेका एक हजारभन्दा धेरै मानिसलाई अहिले डेरा चाहिएको छ । मेलम्ची नगरपालिकाले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरे पनि नेपाल रेडक्रस सोसाइटीले घरखेत बगाएको विवरण छिट्टै सङ्कलन गर्ने तयारीमा लागेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै