२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी स्थानमा आज वर्षाको सम्भावना, कहाँ–कहाँ भारी वर्षा ?



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जनाएको छ।

महाशाखाले हाल प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशमा पुर्ण बदली भइ बाँकी प्रदेशमा भने सामान्य बदली रहेको जनाएको छ।  यस्तै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाले शनिबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ । 

यस्तै रातिपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा पनि हुनेछ ।