२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी स्थानमा आज वर्षाको सम्भावना, कहाँ–कहाँ भारी वर्षा ?



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जनाएको छ।

महाशाखाले हाल प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशमा पुर्ण बदली भइ बाँकी प्रदेशमा भने सामान्य बदली रहेको जनाएको छ।  यस्तै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाले शनिबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ । 

यस्तै रातिपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा पनि हुनेछ ।