२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् गायक अजय थापा



अ+ अ-

काठमाडौं । आकासमा बादलु बोलको गीत गाएर २०४४ सालमा रेडियो नेपालमा गायकको परिचय बनाएका अजय थापाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ। उनले राष्ट्रगानमा समूह गायनमा आवाज दिएका छन्। 

करिव ३ दशक देखि उनि व्यावसायिकरुपमा सङ्गीत प्रशिक्षकका रुपमा क्रियाशील थिए। कुनै बेला हामीले झापाको मेची नगरबाट संगै सङ्गीत यात्रा थालनी गरेका थियौं। 

मेचीनगर नगरपालिका–३ बडाखाल, झापा निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा हिजो बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलले जानकारी दिएको छ । 

सेन्ट मेरिज स्कुल जावलाखेलमा शिक्षक समेत रहेका अजयकी पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत छिन्। उनका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्दैछन् ।