२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो । उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । नेपाली काँग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागि हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबैकुरा छलफलको क्रममा छ । छलफल घनिभुत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ । गठबन्धन दलका नेताहरुसँग पनि छलफल भइराखेको छ । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागि हुने भन्ने कुरा टुंगो लागेको छैन । नेपाली काँग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन ।’

उहाँले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ । कहिले सबै दलका नेताहरु बस्नुहुन्छ । कहिले त्यसमध्येका केही नेताहरु बस्नुहुन्छ । कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिदाँ गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ । मलाई लाग्छ अब उहाँले ४/५ दिनमा हामी यसलाई टुंग्याउँछौ भन्नुभएको थियो विश्वासको मत दिएपछि । त्यही स्पिडमा काम भइराखेको छ । मलाई लाग्छ सम्भवतः २/३ दिन भित्रमा यसले पूर्णता पाउँछ ।

सहमतिमा, सबैको सहभागिता, सबैको उचित प्रतिनिधित्व हुने गरी हामी सहमतिको आधारमा यो कुरालाई टुंग्याउँछौँ । हाम्रो बिचमा अहिले सरकार बिस्तारको बारेमा भइरहेको छलफलमा कहीँपनि दायाँबायाँ छैन । कसैको बीचमा असहमति पनि छैन । कसैको नकारात्मक कुरा पनि छैन ।’

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गर्नुभयो । सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उहाँको भनाई छ ।