३ भाद्र २०८३, बुधबार
,
Latest
५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले ५० औं ओडिआई पूरा गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालले आफ्नो ५० औं ओडिआई घरेलु मैदान टियुमा खेल्ने भएको छ । आगमी महिना हुने एसिसी प्रिमियर कपमा नेपालले ५० औं ओडिआई पुरा गर्नेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ ।

नेपालले आफ्नो ५० औं ओडिआई टियु मैदानमा वैशाख ८ (अप्रिल २१ मा) ओमानसँग खेल्नेछ । एसिसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् ।

नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग पहिलो ओडिआई खेलेको थियो । ४९ ओडिआई खेल्दा नेपालले २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।

नेपालले हालसम्म ७ वटा देशसँग ओडिआई खेलेको छ । ४९ मध्ये आइसिसी विश्वकप लिग–२ अज्तर्गत नेपालले ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले सबैभन्दा धेरै युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग भएको १३ खेलमा ७मा जित र ६मा हार व्यहोरेको छ । यस्तै, नामिबियासँग ६ खेलमा २ जित, ३ हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । ओमानसँग ६ खेलमा २ जित र ४ हार, पपुवा न्युगिनीसँग १० खेलमा ८ जित र २ हार भएको छ ।

यस्तै, स्कटल्यान्डसँग ६ खेलमा ३ जित र ३ हार भएको छ भने अमेरिकासँग ६ खेलमा ३ जित, २ हार र एक खेल टाई खेलेको छ ।