२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले ५० औं ओडिआई पूरा गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालले आफ्नो ५० औं ओडिआई घरेलु मैदान टियुमा खेल्ने भएको छ । आगमी महिना हुने एसिसी प्रिमियर कपमा नेपालले ५० औं ओडिआई पुरा गर्नेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ ।

नेपालले आफ्नो ५० औं ओडिआई टियु मैदानमा वैशाख ८ (अप्रिल २१ मा) ओमानसँग खेल्नेछ । एसिसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् ।

नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग पहिलो ओडिआई खेलेको थियो । ४९ ओडिआई खेल्दा नेपालले २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।

नेपालले हालसम्म ७ वटा देशसँग ओडिआई खेलेको छ । ४९ मध्ये आइसिसी विश्वकप लिग–२ अज्तर्गत नेपालले ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले सबैभन्दा धेरै युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग भएको १३ खेलमा ७मा जित र ६मा हार व्यहोरेको छ । यस्तै, नामिबियासँग ६ खेलमा २ जित, ३ हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । ओमानसँग ६ खेलमा २ जित र ४ हार, पपुवा न्युगिनीसँग १० खेलमा ८ जित र २ हार भएको छ ।

यस्तै, स्कटल्यान्डसँग ६ खेलमा ३ जित र ३ हार भएको छ भने अमेरिकासँग ६ खेलमा ३ जित, २ हार र एक खेल टाई खेलेको छ ।