२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्राधिकरणले गरयो विपद्को पूर्व तयारी

प्राधिकरणले गरयो विपद्को पूर्व तयारी
अ अ+ अ-

रसुवा । बाढी पहिराका कारण  हुने विद्युत्  प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्तिसहित विपद् पूर्व तयारी गरेको छ ।              

स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रकोे सडक मार्ग अन्तरगत  प्रायःजसो  स्थानमा पहिरो जाँदा  विद्युतको खम्वा ढल्ने र तार चुँडीने समस्या बढेपछि अन्तर्राष्ट्रिय सीमा रसुवागढीनाका क्षेत्रमा बत्तीको तत्काल आपुर्ति व्यवस्थापन मिलाउन विद्युतका नयाँ खम्वा तथा तार तयारी  हालतमा राखिएको  हो । 

चीनबाट आयात भएका सामग्रीको भन्सार अभिलेख तयार गराउन सञ्चालन हुने उपकरण, टिमुरेका स्थानीय, सुरक्षा निकाय, राष्ट्रिय गौरवको निर्माणाधिन १११ मेगावाट  रसुवागढी जलविद्युत् आयोजना समेतका क्षेत्रलाई तत्काल विद्युत् आपुर्तिमा सहज पार्न विपद् पूर्व तयारीको व्यवस्थापन गरिएको   नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख  प्रेमवहादुर भण्डारीले बताउनुभयो ।

पहिराले विद्युत्का खम्वा भाँच्न थालेपछि विद्युत्  प्राधिकरणका जनशक्ति दिनहुँजसो मर्मतमा तल्लिन रहेको र विगतभन्दा यस वर्ष टिमुरे रसुवागढी क्षेत्रमा बत्तीको उज्यालोबाट बिमुख हुन नपरेको  स्थानीय कामीनुर्पु तामाङले जानकारी दिनुभयो। 

रसुवागढी क्षेत्रमा प्राकृतिक रूपमा आउने र अन्यक्षेत्रमा ग्रामिण मार्ग निर्माण गराउँदा निम्तिने पहिराले विद्युत्  प्रसारणको खम्वा जोगाउन गम्भीर समस्या उत्पन्न  भएको छ ।  एकातीर सडकको विकास अर्कोतर्फ विद्युतको खम्वा विनास भइरहेकोले सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन गराउन जरूरी भइसकेको जनआवाज उठ्न थालेको छ । रसुवाको उत्तरगया गाउँपालिकाको करूम्राङ र गोसाइँकुण्ड गाउँपालिकाको लाङ्टाङवाहेक अन्य सम्पूर्ण भागमा  विद्युत् प्रसारण भइसकेको छ।

प्राकृतिक प्रकोपबाट कुनै खम्वा वा तारको क्षति भएमा छिटो प्राधिकरणको एकाइलाई खवर गरी तत्काल मर्मत एवं पुनः निर्माण कार्यमा सहयोग गरिदिन उपभोक्तालाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ । निरन्तर विद्युत्  प्रवाह भइरहने हुँदा खम्वा ढलेमा वा  तार चुडिएको देखिएमा  नछुन र भलपानी तर्काउने निहुँमा  विद्युत् खम्वाको छेउछाउमा पानी नपठाउन  समेत  प्राधिकरणले आग्रह गरेको छ।

जिल्ला भित्र करिव १५ हजार  खम्वा गाडिएको र समग्रमा छ सय किलोमिटर भन्दा बढी दूरीको प्रसारित  लाइनबाट  ग्रामिण क्षेत्रमा विद्युत्  आपुर्ति भइरहेको प्राधिकरणका सिनियर सुपरभाइजर धनवहादुर तामाङले जानकारी दिनुभयो । विद्युत् उपभोग गर्ने ग्राहक सङ्ख्या भने नौ हजार पाँच सय घर परिवार रहेको बताइएको छ। 

मासिक रू एक करोड विद्युत् शुल्क उठ्ने गरेको र चुहावट भने अत्यन्तै न्यून रहेको छ । अवैधानिक  तवरले विद्युत चुहावट गरी आफुलाई फाइदा र प्राधिकरणलाई नोक्सान पार्ने केही व्यक्तिलाई कारवाही समेत गरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । 

जिल्लाको  भौगोलिक भू धराताल बढीमात्रामा भीरालो र माटो खुकुलो भएका कारण वर्षायामको अवधिमा बाढी पहिराले तार तथा खम्वाहरू क्षति हुने गरेको प्राधिकरणका विद्युत् प्राविधिक बताउछन् । कुनै ग्राहकको घरमा विद्युत् प्रसारण अवरोध भएमा  छिटो भन्दा छिटो सूचना दिने ग्राहकको हकमा मध्यान्ह १२ बजे भित्र सोही दिन र त्यसपछि सूचना दिने ग्राहकको भने काम गर्दै जाँदा मर्मत कार्य सम्पन्न नसके भोलिपल्ट विद्युत् आपुर्ति गराउने कार्य तालिका बनाइएको बताइएको छ ।

यस्तै विद्युत् उपभोग गर्ने ग्राहकले इसेवा मार्फत शुल्क तिर्न सक्ने  र ग्रामिण क्षेत्रमा यस्तो सेवाबाट तिर्न नसक्नेका लागि धुञ्चे, कालिकास्थान  एवं वेत्रावतीको एकाइमा बुझाउन सक्ने व्यवस्था मिलाइएको छ  ।  तिर्नुपर्ने मासिक शुल्क भने मिटर परिक्षण गर्ने कर्मचारीले परिक्षण गर्दासाथ ग्राहकलाई उपलव्ध गराउने गरेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखा धुञ्चेले जनाएको छ ।