२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या



अ+ अ-

सर्लाही । सर्लाहीको ईश्वरपुर ३ भक्तिपुरका वडाध्यक्ष सुर्यकुमार श्रेष्ठको शुक्रबार साँझ हत्या भएको छ । पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर संचालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका हुन् ।  

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले वडाध्यक्ष श्रेष्ठको हत्या भएको दावि गरेका छन् । देवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको दावि गरेका हुन् । 

शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जेसिभी चालक रविन तामाङ भनिने हरिपुर नगरपालिकाको जानकारी नगरका हर्कबहादुर तामाङलाई पक्राउ परेका छन् ।