२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या



अ+ अ-

सर्लाही । सर्लाहीको ईश्वरपुर ३ भक्तिपुरका वडाध्यक्ष सुर्यकुमार श्रेष्ठको शुक्रबार साँझ हत्या भएको छ । पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर संचालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका हुन् ।  

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले वडाध्यक्ष श्रेष्ठको हत्या भएको दावि गरेका छन् । देवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको दावि गरेका हुन् । 

शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जेसिभी चालक रविन तामाङ भनिने हरिपुर नगरपालिकाको जानकारी नगरका हर्कबहादुर तामाङलाई पक्राउ परेका छन् ।