२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

सोलुखुम्बुका ८ मध्ये छ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

सोलुखुम्बुका ८ मध्ये छ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक
अ अ+ अ-

सोलुखुम्बु । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा छ स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम सहितको बजेट ल्याएका छन् । असार १० गते भित्र स्थानीय सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार एक नगरपालिका सहित ६ स्थानीय तहले नीति कार्यक्रम सहितको बजेट ल्याएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका, थुलुङदुधकोशी गाउँपालिका, नेचासल्यान, सोताङ, महाकुलुङ र खुम्बु पासाङल्हामु गाउँपालिकाले बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै माप्यदुधकोशी गाउँपालिकाले कोरोनाका कारण तयारी नपुगेको भन्दै बजेट ल्याउन नसकेको जनाएको छ भने लिखुपिके गाउँपालिकाले वडातहबाट नै योजना छनौट हुन नसक्दा समस्या भएको जनाएको छ ।

जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाले रु ५९ करोड ३ लाख ५४ हजार २ सय ६४ को बजेट पारित गरेको छ । नगर उपप्रमुख कल्पना राइले ८औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । कुल बजेटको ३५ प्रतिशत शिक्षामा विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य तर्फ रु ४ करोड २२ लाख बजेट व्यवस्था गरेको छ ।

टेलिमेडिसीन सेवा सञ्चालन गरी नागरिकलाई विषेशज्ञ मार्फत परामर्श दिने व्यवस्था देखि वडा नं.१० स्थित टाप्टिङ स्वास्थ्य चौकीलाई प्राथमिक अस्पताल बनाउने लगायतका कार्यक्रम राखिएको उपप्रमुख राइले बताउँनुभयो ।

जिल्लाको गाउँपालिका मध्ये सबैभन्दा ठुलो रहेको थुलुङदुधकोशीले रु.४६ करोड ६२ लाख १६ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । छैटौँ गाउँसभाबाट पारित गरिएको कार्यक्रममा भूमिहिन तथा सुकुम्वासीलाई घडेरी उपलब्ध गराउने देखि नगरपालिका बनाउने सम्म रहेको छ ।

गाउँपालिका अध्यक्ष असिम राइकाअनुसार शहिद तथा वेपत्ता परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रम पनि पारित गरिएको छ ।  यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वर्षीक रु ५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।

यस्तै जिल्लाको सोताङ गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै रु ३५ करोड २९ लाख ५४ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाबाट पारित कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने उल्लेख छ ।

यस्तै, नेचासल्यान गाउँपालिकाले सडकलाई पहिलो प्राथमीकतामा राखेर नीति तथा कार्यक्रम  सहितको बजेट पारित गरेको छ । बिहिबार सम्पन्न नवौँ गाउँसभाबाट रु ४७ करोड १८ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । जसमध्ये ४ करोड बढी बजेट सडकमा विनियोजन गरिएको छ । अण्डामा आत्मनिर्भर बन्नेदेखि रोजगार कोष स्थापना लगायतको कार्यक्रमलाई आगामी वर्षको बजेटले समेटेको उहाँको भनाइ छ ।  

विश्वको सर्वोच्च शिखर रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको ९ औँ गाउँसभाबाट रु ३७ करोड ४७ लाख ५० हजारको बजेट पारित भएको छ । स्वर्गीय गाउँपालिका अध्यक्ष निमदोर्जी पर्यटन सडकलाई पहिलो प्राथमकितामा राखेर बिहिबार नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

उक्त सडकको लागि रु २ करोड बढी बजेट व्यवस्था गरिएको छ भने कोभिड–१९ नियन्त्रणका लागि रु १ करोड बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिकाले रु ३१ करोड ६० लाख १८ हजार बजेट सहितको नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । बिहिबार गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम शुक्रबार अनुमोदन गरिएको गाउँपालिका प्रवक्ता सुभधनी कुलुङले जानकारी दिनुभयो ।