२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड



अ+ अ-

सोलुखुम्बु । प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु ३५ करोड बढी बजेट विनियोजन गरिएको छ । आगामी वर्ष खर्च गर्नेगरी जिल्लाका ८ स्थानीय तहका लागी  प्रदेश सरकारबाट रु ३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो ।

बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि रु २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि रु १२ करोड २७ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार सोलु दुुधकुण्ड नगरपालिकालाई रु।५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई रु २ करोड १७ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई रु २ करोड ७ लाख  र लिखुपिके गाउँपालिकालाई रु २ करोड २२ लाख विनियोजन भएको  छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई रु ९ करोड ६८ लाख,  नेचासल्यान गाउँपालिकालाई रु ६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई रु २ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई रु ४ करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । 

जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताउँनुभयो ।