२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार जन्मिने मानिसको कस्तो हुन्छ भाग्य र स्वभाव



अ+ अ-

काठमाडौं । मानिसको जन्म, तिथि, बार, स्थानअनुसार उसको ग्रह दशा,भाग्य र भविष्यको निर्धारण हुने बताइन्छ । वास्तवमा भन्ने हो भने पनि जन्मबारले मानिसको स्वभावलाई निर्धारण गर्दछ ।

जानी राखौँ कुन बार जन्मिएको मानिसको स्वभाव कस्तो हुन्छ ?

आइतबार : यो बार जन्मिएका व्यक्तिहरू सकरात्मक सोच र निकै विश्वासनिय हुन्छन् । राजनीति, लेखन, अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् , चिन्तन शक्ति निकै धेरै हुन्छ । इमान्दार र साचोँ बोल्ने गर्दछन् । काम गम्भीरताका साथ गर्ने गर्दछन् ।

सोमबार : सोमबार जन्मिएका व्यक्तिहरूको स्वभाव मूडी खालको हुन्छ । स्मरण शक्ति निकै तेज, संवेदनशिल, मृदुभाषी, पढाईमा तिक्ष्ण हुन्छन् । साथै यो बार जन्मिने महिलाहरु भविष्यमा निकै माया गर्ने र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छन् ।

मंगलबार : मंगलबार जन्मिएका व्यक्तिहरू बहादुर, स्मार्ट, एक्टिभ, सहयोग गर्न तत्पर, रिस पनि धेरै नउठ्ने, विलासिताको जीवन बाच्न मन पराउने ,भगवानमाथी विश्वास राख्ने , निकै खर्चिला, आफ्नो निर्णय आफै लिने , इमान्दार, साँचो बोल्ने, बैवाहिक जीवन सुखमय, कुनै पनि कुराम छिट्टै मन भरिने, निकै कोमल मनका हुन्छन् । 

बुधबार : बुधबार जन्मिएका व्यक्तिहरू शान्त, विजनेश माइनका, सफा र स्वच्छ विचार, नयाँ(नयाँ कुरा जान्न उत्सुक, सन्तसष्ट स्वभाव, विश्वाससिला, अरुको धोका नपचाउँने , सकरात्मक सोच, हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने, साथै बुधबार जन्मिएका मानिसहरु प्राय शैक्षिक क्षेत्रमा लाग्छन् ।

बिहीबार : बिहीबार जन्मिएका व्यक्तिहरू शान्त, समझदार, मानिसको इज्जत गर्ने, आर्दश, सफा र स्वच्छ विचार भएका, भित्री नेतृत्व गर्ने गुण, मेहनत गर्ने, स्वतत्त्रता मन पराउने र बन्धनमा बस्न नचाहाने, चाँडैनै विस्वास गर्ने , धेरै साथी तर साँचो मित्र कम, सुन्दरताको प्रिय, प्रेम विवहा गर्ने, पैसा धेरै कमाउने र मन खोलेर खर्च गर्ने तर स्वास्थ्यको दृष्टिले धेरै जसो सानो/सानो रोगको शिकार हुने गर्छन् ।

शुक्रबार : शुक्रबार जन्मिएका व्यक्तिहरूको मन, दिमाग र शरीर निकै राम्रो हुन्छ । मधुर स्वर, मनमोहक मुस्कान, संगीत, मिडिया, खेलकुदजस्ता कुरामा आकर्षित, भावुक, सम्बन्धमा सजग, धेरै साथी तर साँचो मित्र कम, रिस निकै कम, धनको कमी हुँदैन तर त्यसलाई बचत गर्न सक्दैनन्, सफलता ढिलो तर स्थायी रुपमा हुन्छ । धेरै मेहनती र लगनशील हुन्छन् ।

शनिबार : शनिबार जन्मिएका व्यक्तिहरू निकै गम्भीर,र जिम्मेवारी, हाइ क्लास वस्तु मन पराउने, सफा मन, सम्बन्धलाई महत्वपूर्ण रुपमा लिने, साथीको लागि जे गर्न पनि तयार, पैसावाला हुन्छन् तर खर्च गर्दैनन्, जिद्धी स्वभावका, बैवाहिक जीवन सुखमय, संगीत र खेलमा रुची राख्छन् ।