२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान उठ्नेवितिकै भुलेर पनि नगर्नुस् यी काम



अ+ अ-

बिहान उठ्ने वितिकै कहिले पनि यी खानेकुराहरु खानु हुँदैन ।   

चिया–कफी : खाली पेटमा चिया/कफी पिउनु सबैभन्दा घातक हुन्छ । कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ । चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ । 

केरा: खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।

सोडा: सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।

औषधि : औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।

रक्सी : खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।

चटपटे भोजन : कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

गोलभेँडा: गोलभेँडामा एसिडको मात्रा हुन्छ । खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ ।

दही : दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ ।