२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा भारी वर्षा : यी क्षेत्रमा सतर्क रहन आग्रह



अ+ अ-

काठमाडौं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भएसंगै नदीनालाहरुमा पानीको सतह बढ्दै गएको छ । उपत्यकामा वर्षा हुँदै जाँदा मुख्य सडक र भित्री बाटोहरुसमेत पानीले ढाकिने अवस्था देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखका अनुसार आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

देशैभरी वर्षाको सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा विकल्प खोज्नुपर्ने अवस्था देखिएको स्थानीय प्रशासनहरुले जनाएका छन् । 

महाशाखाले जारी गरेको पूर्व सूचना हेरौं: