२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थोत्रा बस र बीमा नहुँदाको अवस्थामा घाइतको बिचल्ली हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राज्यले पहुँचवालाका नाममा उपचारका लागि करोडौँ खर्च दिने गरेको तर दूरदराजका बिरामीले उपचारको लागि घरबार बेच्दा पनि उपचार हुन नसक्ने अवस्था रहेको खतिवडाले बताए ।

उनले भने ‘बस पुराना छन् । बीमाको व्यवस्था छैन । बस धनी पनि सम्पर्कमा आउँदैनन् । वीर, शिक्षण अस्पतालमा उपचार गर्न पैसा नपाएर छटपटिनुपर्ने अवस्था छ यसर्थ बसमा चढ्नेलाई बिमाको अनिवार्य व्यवस्था गरियोस् ।’

यस्तै, खतिवडाले निःशुल्क नागरिकको शिक्षा, स्वास्थ्य उपचारको सहज रुपमा व्यवस्था गर्न पनि आग्रह गरे ।