२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा आएको बाढीले बगायो तीन तले घर



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ।   

गए रातिदेखि निरन्तर वर्षासँगै आज बिहान मेलम्ची नगरपालिका-११ का गोपाल दुलालको घर बगाएको हो । 

निरन्तर वर्षासँगै मेलम्ची खोलाको बहाव पनि बढेको छ । 

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने चार सय परिवार विस्थापित भएका छन् ।