२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङेले पाए युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी, अरु कसलाई कुन मन्त्रालय ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश सरकारले दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्री मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

मन्त्रीहरुको कार्यविभाजन टुंगिएसंगै यस अघि अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्दै आएका नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन्।

अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राखेका छन्।

गण्डकी प्रदेशमा ११ मन्त्रालय छन्। अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ।

जेठ २९ गते गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको गठबन्धनले सरकार बनाएको थियो।