११ श्रावण २०८३, सोमबार
,
Latest
समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भारतीय ध्वजाबाहक वायुसेवा एयर इन्डियाको विमान चालक दललाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ ।

सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न रहेको भन्दै तत्कालका लागि उक्त विमानका चालक दलका सदस्यलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको क्यानले जनाएको छ ।

क्यानले उक्त घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया)लाई पत्राचार गर्ने समेत जनाएको छ ।

घटना गत शुक्रबार भएको थियो । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि क्यानले विमानका चालकलाई सोधपुछसमेत गरेको थियो । चालकहरुले गल्ती भएको भन्दै माफी मागेका थिए ।

घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौँ टावरअन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० लाई पनि कारबाही गरिएको जनाइएको छ ।

शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो ।

दुवै जहाज आमनेसामने भएपछि दुवैको ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।