२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा: प्रहरी महानिरीक्षक कुँवर(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उहाँले प्रहरीमा सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाउनु भयो । प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले मार्ग निर्देशन गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानव अधिकारको प्रत्याभुति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सद्भावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलकासाथ कर्तव्यनिष्ठ छ । राज्यको अभिन्न अंग नागरिकका हरेक दु:खको प्रथम र प्रत्यक्ष साक्षि नेपाल सरकारको सर्वाधिक पहुँच भएको देशभर कम्तिमा पनि २५ सय प्रहरी निकायहरुमार्फत सेवा प्रवाह गर्दै आएको राज्यको पहिलो अनुभुति दिलाउने र नेपाल प्रहरी संगठनको व्यावसायिक सक्षमता अभिवृद्धिमार्फत लोक कल्याणकारी राज्यले निर्दिष्ट गरेका लक्ष्यहरुको प्राप्तिका मार्गहरु सहज हुने र यसले अन्ततोगत्वा आम नागरिकमा राज्यप्रतिको भरोसा र विश्वासका थप प्रगाढता वृद्धि हुनेछ । प्रहरी कस्तो छ ? भन्नेकुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन ।

प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन । अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




भर्खरै