५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा उपनिर्वाचन लड्न मैले निर्णय गरिसकेको छैन– उपेन्द्र यादव



फाइल फोटो
अ+ अ-

धनगढी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुन: संसद्मा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको भए पनि आफूले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरिनसकेको बताउनुभएको छ ।

आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताउनुभयो ।

बाराका साथीहरुले आफूलाई त्यहाँ गएर चुनाव लड्न भनेर जोड दिइरहेको भन्दै उहाँले भन्नुभयो, “पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भनिरहनुभएको छ, तर पार्टी र गठबन्धनले कुनै निर्णय गरिसकेको छैन र मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।”

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएका अध्यक्ष यादवसँग मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव होला भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्को छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।”

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जसपाबीच एकता नयाँ पार्टीलाई कम्युनिष्ट बनाउने कि समाजवादी भन्ने कुरामा अड्किएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार समाजवादी र जसपा एकता गर्ने सम्बन्धमा छलफल भए पनि मूल गाँठा फुकेको छैन । “हामीले नेकपा हटाएर समाजवादी केन्द्र बनाएर अघि बढौँ भनेका छौ, उहाँहरु एकीकृत समाजवादी लिएर अघि बढ्नुभयो भने एकता सम्भव छ ।”