५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय हेरफेर गर्दै माओवादी, गृहमन्त्री बन्दै नारायणकाजी



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ । अब बन्ने दश दलीय सरकारमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने बताईएको छ।

तत्कालीन एमालेसहितको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह नपाए सरकारमा नजाने अडान लिएपछि श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि गृह मन्त्रालयमा माओवादीले दाबी गरेको बताईएको छ । आईतबार उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्ने बताईएको छ । उनले मन्त्रालयमा आफुले गरिरहेको काम र सुरुवात भएको कामको बारेमा जानकारी दिनेछन् ।

यस्तै, माओवादी केन्द्र बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका अमनलालमोदीले सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । यसैबिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।