२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ४८ हजार सङ्क्रमित, झण्डै १२ सयको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ ।
 
त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । ती मध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 
कुल सङ्क्रमित मध्ये ९६।७२ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १।३१ प्रतिशतको मात्रै मृत्यु भएको छ । 

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ । 
यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।