१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै कानुन, न्याय तथा, संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।