• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

सम्पन्न समाज निर्माणमा लागेका छौँः अध्यक्ष ओली



चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस शनिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने योजना आफूले सुरु गरेको दाबी गरे ।

एमालेले देश व्यापीरूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गतको यस कार्यक्रममा अध्यक्ष ओलीले पार्टीलाई वैचारिक र सङ्गठनात्मकरूपमा सुधार गर्ने एवं समृद्ध र सम्पन्न समाज निर्माण गर्ने उभियानमा पार्टी लागेको स्पष्ट पारे । उनले देशलाई गरिबीतर्फ धकेल्न खोजिएको आरोप लगाउँदै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना आर्थिक सङ्कटमा परेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्नेजस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको दाबी गरे । पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमूना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै उनले पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा जोड दिए ।

एमाले सचिव छविलाल विश्वकर्माले जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियानमार्फत हुने स्पष्ट पारे । रासस