२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको छः अध्यक्ष नेपाल



अ+ अ-

गौर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् ।

नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा शनिबार आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उनले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएकाले यसलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भने, “हाम्रो खुला बोर्डरले धेरै सुविधा दिएको छ । यद्यपि कहिलेकाहीँ समस्या निम्तिने गरेको भए पनि खुला सिमानाका कारण दुवै देशका नागरिकले फाइदा लिइरहेका छन् ।”

पूर्वप्रधानमन्त्री नेपालले सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नुपरेको स्मरण गर्दै मलखाद अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुःखद भएको बताए । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेको उल्लेख गर्दै उनले स्थायी समाधानका लागि सरकारको ध्यान जानुपर्ने बताए ।

लोसपाका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि चलिआएको बताउँदै आगामी दिनमा पनि यस सम्बन्धले जनस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

संवादमा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्रप्रसाद यादव, भारतीय वाणिज्य दूतावास वीरगञ्जका प्रमुख नितिस कुमार, नेकपा (एस)का नेता रेवन्त झा, महिला नेत्री अञ्जु झा, भारतका वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीले नेपाल–भारतमैत्री सम्बन्धबारे आफ्ना धारणा राखेका थिए । रासस