२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

खेलकुद चलायमान बनाउनुपर्छः सदस्य सचिव शिलवाल (अन्तर्वार्ता)

खेलकुद चलायमान बनाउनुपर्छः सदस्य सचिव शिलवाल (अन्तर्वार्ता)
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकुद क्षेत्र शिथिल बन्यो । सरकारले निषेधाज्ञा केही खुकुलो बनाएपनि खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राष्ट्रिय खेलकुद परिषदले अन्र्राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेललाई भने स्वास्थ सर्तकताका मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ । अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर अब खेलकुद गतिविधि रोक्दा खेलाडीलाई स्वास्थ चिन्ताले सताउन थालेको छ । चलायमान हुनपर्ने खेलुकद गतिविधि सञ्चालन नहुँदा केही खेलाडीमा मानसिक तनाब पनि बढ्दो क्रममा छ । यसै सन्र्दभमा न्युज एजेन्सी नेपालसंग कुरा गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश कुमार शिलवाल कोरोना महामारीको बहानामा खेलकुद गतिविधि रोक्नु उचित नहुने तर्क गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना गरेर खेलकुदलाई चयालयमान बनाउनुपर्नेमा जोड दिनुभयो । 

सरकारले अझै पनि खेलकुद क्षेत्रलाई खुल्ला नगरेको र कोरोना महामारी बीचमा राष्ट्रिय खेलकुद परिषदले आफ्ना गतिविधिलाई कसरी सञ्चालन गरिरहेको छ ?

खेलकुद भनेको चलायमान संस्था हो । चलायमान नै बनाउनु पर्छ । म केही दुई चारवटा प्रतिनिधिमूलक उदाहरणहरु दिउ । नेपाल सरकारले जमघट हुने स्थलको रुपमा खेलकुद  गतविधि, शिक्षण संस्था, सिनेमा हल जस्ता स्थललाई रोक लागाएको छ ।  सबैभन्दा पछि, अन्तिममा खुल्ने भनेको खेलकुद, शिक्षण संस्था, पार्टी प्यालेस आदि हुन् । सभा समारोह बैठक आदि थिए ।  नेपाल सरकारसँग खेलकुदको महत्वबारे चर्चा गरिसकेका छौं । कोभिड १९ को सयमा खेल क्षेत्र किन चलयामान हुनुपर्छ, खेलाडीहरु किन फिजिकल्ली, मेन्टल्ली फिट हुनुपर्छ । कोचहरु किन फिट हुनुपर्छ । खेलाडी र कोचलाई अभ्यास जरुरी हुन्छ । यही विषयलाई लिएर फुटबलका गतिविधि सञ्चालन ग¥यौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सम्पन्न भयो । क्रिकेटको गतिविधि पनि सञ्चालनमा आए । भलिबलले पनि गतिविधि सञ्चालन ग¥यो । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) पनि सम्पन्न भयो । खेलाडीको हकमा फ्रेन्चाइज प्रतियोगिताले धेरै सहयोग ग¥यो । अहिले हामी खेलकुद क्षेत्र र कोभिड–१९ को दोस्रो लहरबाट बच्न सरकारले जारी गरेका मापदण्ड दुबै विषयलाई सम्बोधन गर्ने लक्ष्यमा छौं । यो बिचमा नेपाल सुपर लिग किन गराएको भन्ने प्रश्न पनि आएको थियो । हामीले उक्त प्रतियोगिताका लागि अपनाउनु पर्ने मापदण्ड अपनाउँदै बन्द रंगशालामा सम्पन्न ग¥यौं । लकडाउनका कारण घरमै बसेका दर्शकका लागि यो प्रतियोगिताले मनोरञ्जन दियो । अर्को पक्ष भनेको धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका पाए । पारिश्रमिकको हिसाबमा पनि खेलाडी लाभान्वीत भए ।
अहिले हामीले केही–केही खेललाई चलायमान गराइसकेका छौं । जस्तै ओलम्पिकमा क्वालिफाइङमा परेका खेलाडीको अभ्यास सुचारु भइसकेको छ । त्यस्तै गरी फुटबल अभ्यासलाई पनि निरन्तरता दिएका छौं । एसियन भलिबल च्याम्पियसिपमा सहभागी हुने महिला भलिबले पनि अभ्यास थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने प्रतियोगिताहरुको लागि अभ्यास सूचारु भइसकेको छ भने अन्यको हकमा अझै केही समय पर्खिनु पर्नेछ । अझै मासमा लग्नु हतार हुन्छ । क्रमशः हामी खुला वातारणमा अगाडि बढ्नुपर्छ । यसमा हामी संवेदनशील छौं ।

कोरोना महामारीको बीचमा क्यालेन्डरका प्रतियोगिता प्रभावित भएका छन् । ती प्रतियोगिता सञ्चालन गरिन्छ गरिदैन ?

खेलकुद प्रतियोगिता सञ्चाल गर्नु परिषदको मात्र दायित्व होइन । संघहरुको मात्र दायित्व पनि होइन् । नागरिकको चासोको विषय बन्नुपर्छ । तीनै तहको सरकारले खेलकुदलाई चासोका साथ हेर्नुपर्छ । आयोजक संस्थाहरुको पनि चासोको विषय बन्नुपर्छ । यो वर्ष करिब ८ देखी १० वटा खेलको फ्रेन्चाई प्रतियोगिता हुँदैछन् । लगानीकर्ताले लगानी गर्नुको उदेश्य आर्थिक हिसाबमा मात्र हुँदै छन् । केहीले प्रचारका लागि लगानी गरेका हुन्छन् । यस्ता प्रतियोगिता दर्शकविना सञ्चालन गर्न सहज हुँदैन । यही अवस्थाले गर्दा केही समय “वेट एन्ड सी’ भन्ने अवस्थामा आयोजक बस्नुभएको छ । कोरोनाको महामारी केही मत्थर भएर सहज हुने अवस्था भयो भने महिला फुटबलको, भलिबलको, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी, क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता हुँदैछ । अहिले धैर्य गर्नुपर्छ । बर्षाद्को समय भएकाले सहज छैन । यस्ता प्रतियोगिता बर्षाद् सकिए सँगै आयोजना हुन्छन् । कर्भडहलमा आयोजना हुने इन्डोर खेलका केही प्रतियोगिता छन् । यस्ताका लागि पनि दर्शक चाहिन्छ नै । अहिले मेची महाकाली स्तरमा प्रतियोगिता सञ्चालन गर्न कोभिडको महामारी छ ।  यद्यपि छिट्टै गतिविधि सञ्चालन गर्न हामी आतुर छौं  । सहज वातावरण भए क्यालेन्डरका प्रतियोगिता सम्पन्न हुन्छन् ।

नवौ रािष्ट्रय खेलकुद पोखरामा आयोजना हुँदैछ । छनोट प्रतियोगिता देखी अन्य भौतिक पूर्वाधार निमार्ण, मिति तय गर्ने जस्ता विषयमा राखेपले के तयारी गरेको छ ?

हामीले नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने लक्ष्य राखेका छौं । अझै सम्म पनि मिति किन नतोकिएको भन्ने प्रश्न आउँला । अहिले हामी देशेको परिस्थिती हेरिरहेका छौं । मंसिरमा चुनाव छ । चुनाव हुने अवस्था रह्यो भने सोही अनुसार क्यालेन्डर बनाउनुपर्छ । कम्तीमा पनि हामीले सेलेक्सन प्रतियोगिता गर्न तीन महिना अवधि दिनुपर्छ । गरिस् भन्दा गरेँ भन्ने जस्तो बनाउनु हुँदैन । खेलाडीलाई सुचना दिनुप¥यो । स्थानीयह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट हुनुप¥यो । यो बीचमा पर्याप्त समय दिनुपर्छ । जसले गर्दा राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा प्रतिस्पर्धात्मक बन्छ । प्रशिक्षकलाई पनि समय चाहिन्छ ।

हाम्रो सोच फागुनमा गर्ने छ । त्यसका लागि अवस्था नियाल्नु पर्नेछ । फागुनमा गर्ने विषयमा कोभिड महामारीको विषय छ । कोभिडका कारण अघिल्लो साल हुन सकेन । अझै यो वर्ष राष्ट्रिय चुनवा घोषणा भएको छ । सर्बोच्च अदालयमा मुद्धा पनि छ ।  स्थानीय चुनाव पनि यसै वर्ष छ । स्थानीय चुनावको मितिसँग पनि हामीले राष्ट्रिय खेलकुदको मिति जुधाउनु हुँदैन ।  यी दुबै पक्षलाई दृष्टिगत गर्दै अगाडि बढाउने सोचमा छौं ।

अघिल्लो बर्षको तुलनामा यो वर्ष बजेट केही बढेर आएको छ । पर्याप्त हुन्छ ?

बजेटको विषयमा मेरो प्रस्ट धारणा छ । जोजो विकसित राष्ट्रहरुले खेलकुदमा प्रगति गरे त्यहाँ राज्य, निजिक्षेत्र र आम जनसमुदायको लगानी छ । हाम्रो बजेटलाई हेर्दा त्यस्तो स्थिति छैन । अन्य देशमा १ देखी २ प्रतिशत छुट्याउने चलन छ । विगतको हेर्दा र केलाउँदा हाम्रो बजेट अपर्याप्त छ ।  सबै खेलकुदमा आशातित नतिजा निकाल्नका लागि छुट्याइएको बजेट काफी छैन । कम्तीमा पनि १ प्रतिशत लगानी गर्नुपर्छ । १ प्रतिशत लगानी गर्न नसके हामीले राम्रो पूर्वाधार बनाउन पनि सक्दैनौं । राम्रो प्रतियोगिता आयोजना गर्न पनि सम्भव हुँदैन, राम्रो प्रशिक्षण, खेलकुदको माहोल पनि सम्भव छैन । खेलक्षेत्रमा लागेकालाई सम्मान पनि दिन सक्दैन् । खेलकुद व्यवसायिक हिसाबमा अगाडि बढ्न कठिन हुन्छ । यो विषयलाई बारम्बार उठाइरहेको छु । मेरो आग्रह उहाहरुसँग यही हो ।

अहिले नेपालमा २२ वटा मन्त्रालय छन् । एउटा मन्त्रालयमा ४.५ प्रतिशत बजेट मिल्छ । हामीले ३.५ प्रतिशत काटेर १ प्रतिशत दिनुुस्,१ प्रतिशत त पाउनु पर्छ भनेर माग राखेका छौं । तर नितिगत हिसाबमा अहिले सरकारले राम्रो गरेको छ । हामीले उठाएका कुरामा सम्बोधन गरेको छ । नीतिगत र कार्यान्वयन गर्न बजेट चाहिन्छ । बजेट अपर्याप्त छ । पञ्चवर्षिय योजनामा नेपाल सरकारले के के गर्ने तोकिदिएको छ । तोकिएको रकम मध्येबाट खर्च गर्न हामीलाई १ खर्ब १२ अर्ब रुपैयाँ आवश्यक पर्छ  । यो रकम योजना आयोगमा पारेको छ । तर यो पाँच वर्षको अवधिमा हामीले प्राप्त गर्ने रकम कम हुन्छ । योजना आयोगले पेश गरेको देखाउन या कार्यान्वयन गर्नका लागि हो । देखाउन मात्र हो भने मेरो भनाई केही छैन । यदि कार्यान्वयन गर्न हो भने यो निति राम्रो छ । यो नितिलाई कार्यान्वयन गर्न बजेट पर्याप्त हुनुपर्छ । बजेट चाहि १० प्रतिशत उपलब्ध गराइन्छ अनि नतिजा सय प्रतिशत खोजिन्छ भने त्यो सम्भव छैन । यदि सकिँदैन भने हामी खोज्छौं । कम्पतीमा पनि राज्यको लगानी राम्रो हुनुपर्छ । लगानीविना प्रतिफल सम्भव छैन । पोहोरको भन्दा केही बढेको अवश्य हो । हामीले गरेका काममा सरकारले बजेट रोकेको छैन । थप कार्यक्रममा भए थप बजेट उपलब्ध गराएर पनि प्रतियोगिता भएका छन् । १३ औं सागको आयोजना गर्दा अर्थमन्त्रालयबाट नै बजेट छुट्टिएको थियो । अहिले पनि नवौ राष्ट्रिय खेलकुदका लागि छुट्टयाइएको बजेट अपुग छ । आवश्यक परे बजेट निकास गर्छौ भनेर सरकारले आश्वासन दिएको छ । १४औं साग अनिश्चित छ । १४औं सागको मिति आइसक्यो । पाकिस्तानमा हुने भनेको हो तर पाकिस्तानबाट आधिकारिक निमन्त्रणा अहिले सम्म आएको छैन । यस्ता कार्यक्रममा बजेट उपलब्ध गराउँछौ भन्ने आवश्वान पाएका छौं । मेरो विचारमा बजेट नपाइएला भन्ने चिन्ता हुँदैन कि ?

कोरोना महामारी अझै सकिएको छैन । कार्यभार सम्हालेको पनि झन्डै  १ वर्ष हुनलाग्यो, खेलकुद गतिविधि अगाडि बढाउन तपाईको कस्तो योजना थियो? कार्यप्रगतीबाट सन्तुष्ट हुनुहुन्छ ?

यस अघि पनि भनी सकेँ मैले । हामीले दुबै पक्षलाई ध्यान दिनुपर्छ । सरकाले भनेको निर्देशनलाई पालान गर्नुपर्छ । नगर भनेको गर्नु हुँदैछ । महामारीको समयमा हामीले सिमित प्रतियोगितालाई अनुमति दिएका छौ । त्यो पनि दर्शक विना । सबै जिल्लामा जिल्ला अनुसारको लकडाउनको अवस्था छ । खेलकुद परिषदले सबै जिल्लामा, प्रदेशमा सर्कुलर गरेर लकडाउनको प्रकृति हेरेर प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न समन्वय गरेर अनुमति दिन भनेका छौं । उपलब्ध स्रोत र साधनको प्रयोग गरेर अभ्यासलाई निरन्तरता दिन भनेका छौं । जुमबाट पनि अभ्यास दिलाएका छौ । तर यो भौतिक रुपमा उपस्थित भएर गरे जस्तो प्रभावकारी भने हुँदैन ।