२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व माओवादीको समायोजनको विषयमा छलफल गर्न बादल समूह जुट्दै



अ+ अ-

काठमाडौं । पूर्व माओवादीको समायोजनका विषयमा छलफल गर्नका लागि राम बहादुर थापा (बादल) समूहका नेताहरु जुटेका छन् । 

सर्वोच्चले नेकपा एमाले ब्युँत्याएपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनाका विषयमा छलफलका लागि जुटेका हुन् ।

उनीहरुको समायोजनका लागि शनिबार पूर्व माओवादी समूहका नेताहरूबीच अनौपचारिक छलफल भएको हो ।  

छलफलमा सहभागी भएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी,मणी थापा,प्रभु शाह लगायतले सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठाएको स्रोतले बताएको छ ।

स्थायी कमिटी सदस्य मणि थापाले भने विभिन्न कमिटीहरुमा समायोजन लगायतका विषयमा छलफल भएको बताएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले साबिक नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर बनाएको १ हजार सदस्यीय केन्द्रीय कमिटीका नयाँ सबै सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद्‌ सदस्य हुने निर्णय भएको छ ।