३१ जेष्ठ २०८३, आईतवार
,
Latest
हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिद कपूरको ‘फर्जी’ले ‘पञ्चायत–२’ र ‘मिर्जापुर’लाई पछि पार्यो



अ+ अ-

एजेन्सी । शाहिद कपूर र विजय सेतुपति अभिनित वेब सिरिज ‘फर्जी’ले ओटीटीमा धमाका मचाएको छ । योसँगै फर्जी शुक्रबार ओटीटी प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने वेब सिरिज बनेको छ ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया आए पनि यो सिरिजको क्रेज फ्यानमा भने कायमै छ । यही कारणले गर्दा फेब्रुअरी १० देखि फर्जीले ३ करोड ७० लाखभन्दा बढी भ्युज पूरा गरिसकेको छ ।

ओरम्याक्स मिडियाले जारी गरेको सूची अनुसार शाहिद कपुरको फर्जी सबैभन्दा धेरै हेरिएको वेब सिरिजको सूचीमा शीर्ष स्थानमा छ । दोस्रो नम्बरमा अजय देवगनको वेब सिरिज रुद्र छ, जसको अहिलेसम्म ३५.२ मिलियन भ्युज छ ।

तेस्रो नम्बरमा पंकज त्रिपाठी र अली फजलको वेब सिरिज मिर्जापुर सिजन २ रहेको छ, जसको अहिलेसम्म ३२.५ मिलियन भ्युज छ । जो दर्शकहरूले वेब सिरिज फेरि हेरेका छन् उनीहरूलाई यसमा समावेश गरिएको छैन ।




भर्खरै